Friday, May 15News That Matters

सवै विदेशी मुद्राको भाउ घट्यो

पुस २५ गते । 

आज सवै विदेशी मुद्राको भाउ घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ०१ पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९८ रुपैयाँ ५६  पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ पैसा ९३ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०४ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३ सय ७९ रुपैयाँ २० पैसा नै रहेको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ३ पैसा तोकेको थियो ।