Wednesday, June 10News That Matters

सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई सहित तीन निलम्बित

पूर्णपुष्टि, असार २ । सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई सहित तिनजना निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी निरीक्षक राईलाइ गृह मन्त्रालय तथा जवानहरु रामसुन्दर तामाङ र जीवन बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बराह बाहिनी पोकलीबाट घुमुवाको रुपमा सादा पोशाकमा खटिएका इन्स्पेक्टर राई सहितका टोलीले ड्युटीमा खटिएका सशस्त्रका प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि पानीमा चोबल्दै निर्घात कुटपिट गरेको आरोप छ । राम्रोसँग ड्युटी नगरेको र तस्करीको लाइन खुलाएको आरोप लगाउँदै इन्स्पेक्टरले भाटैभाटाले हानेका थिए । घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।