Tuesday, October 6News That Matters

सशस्त्र प्रहरीले ब्राउन सुगरसहित गाईघाटबाट एक जना पक्राउ

  • पूर्णपुष्टि संवाददाता
  • १८ असोज, २०८३ । उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाट बजारबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक जना पक्राउ परेका छन्।
आज दिउँसो १ः४५ बजे विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेक्वा त्रियुगा उदयपुरबाट खटिएको १० जनाको मोबाइल गस्ती टोलीले बाबारानी मार्गमा शंकास्पद रूपमा चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ इन्द्रेणी टोलका ३१ वर्षीय छोरा महेन्द्र कार्की रहेका छन्।
उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ अन्दाजी १.३३ ग्राम ६ पोका, नगद २ हजार रुपैयाँ, Samsung Galaxy A07 मोबाइल एक थान र की-प्याड मोबाइल एक थान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, इन्जिन नम्बर E3Y3E0567317 र चेसिस नम्बर ME1SED1H9J0011158 रहेको प्रदेश नं. १–०५–५८८५ नम्बरको यामाहा स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका कार्कीलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।