Friday, May 15News That Matters

सहकारीले व्यापारी, व्यवसायीलाई ठूलो टेवा : रसाईली

पूर्णपुष्टि, पुस १५ गते ।

त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटको प्रथम उपाध्यक्ष रमेश रसाईलीले सहकारी संस्थाहरुले साना व्यापारी तथा व्यवसायीहरुलाई व्यवसायमा ठूलो टेवा पुर्याईरहेको बताउनु भएको छ ।

नव नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उदयपुरको मङ्गलबार गाईघाटमा आयोजित १९ औं साधारण सभालाई प्रमुुख आतिथिको हैसियतले सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सहकारीहरुले बचतका साथै रिण प्रवाह गरी ब्यापारी, व्यवसायीहरुलाई ब्यवसायमा टेवा पुर्याउदै आएको उल्लेख गर्दै थप सुलभ र प्रभावकारी सेवा प्रवाहका लागि सहकारीहरु फस्टाउदै जानुपर्ने विचार राख्नुभयो । व्यापारी, व्यवसायी मात्र नभई सर्बसाधारणहरुलाई पनि सहकारीले आर्थिक उन्नतीमा टेवा पर्याउदै आएको उहाँले बताउनुभयो । सहकारी फस्टाएका खण्डमा विभिन्न किसिमको सेवा र सुविधा सेयर सदस्यहरुले प्राप्त गर्नसक्ने र सामाजिक कार्यहरु तथा गरिबी निवारणका कामहरु हुने उहाँले बताउनुभयो ।

सहकारीलाई फस्टाउदो अवस्थामा लैजान सहकारी नीति, नियम र संस्थाको आप्mनो सिर्जनशिल तथा प्रभावकारी भूमिका आवश्यक पर्ने बताउदै उहाँले सहकारीको क्षेत्रमा लामो इतिहास बोकेको नवनेपाल लगायत सम्पूर्ण सहकारीहरुलाई उन्नतीको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि संगम सहकारी संस्थाका अध्यक्ष पुष्पराज सिग्देलले कुनै पनि सहकारीले असल शेयर सदस्यको पहिचान गर्न सक्नु पर्ने र जोखिमपूर्ण रिण प्रवाहमा सचेतता अपनाउनु पर्ने बताउनुभयो । थोरै बचत गरेर विना धितो धेरै रिण लिएमा त्यस्तो रिण जोखिमपूर्ण हुने उहाँले बताउनुभयो ।सदस्यहरुमा सहकारी शिक्षा, संस्थाको नीति, नियम र गतिविधिबारे जानकारी दिनुपर्ने र प्रतिवेदनहरु समयमै सम्बन्धीत निकायमा पेश गरेर संस्थालाई गतिशिल र प्रभावकारी ढंगले अगाडि लैजान सकिने सुझाव उहाँले राख्नुभयो ।

नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले बचतले मानवीय जीवनमा ठूलो अर्थ राख्ने भन्दै बचत गर्न सक्ने र जान्नेलाई धेरै कमाईको जरुरी नपर्ने बताउनुभयो । आम्दानी भन्दा बढि खर्च गर्ने परिपाटि त्यागेर आम्दानी अनुसारको खर्च, त्यसमा पनि बचत गर्ने बानी बसाल्न सक्नेले भविष्यमा आर्थिक समस्या खेप्नु नपर्ने बताउनुभयो । ओविसि महासंघ उदयपुरका अध्यक्ष हिरालाल ठाकुरले सहकारीले सबै किसिमका साना व्यवसायी र सर्बसाधारणलाई आर्थिक पाटोमा सहयोग पुर्याएको बताउनुभयो ।

“वचत गर्ने बानी सधैं बसालौं” भन्ने सन्देशका साथ सल्लाहकार मिथिला राई, सञ्चालक समितिका पदाधिकारी, लेखा तथा विभिन्न उपसमितिका पदाधिकारीहरु र शेयर सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष हस्तामाया राईको अध्यक्षता तथा सचिव कुमारी मास्केको सञ्चालनमा भएको थियो । स्वागत मन्तब्य सहसचिव कमल राना मगरले राख्नुभएको थियो ।

तस्बिरहरु :