
पूर्णपुष्टि, पौष २३
त्रियुगा नगरपालिका–१३ बहेडवामा
सहारा कृषि सहकरी संस्थाले आफ्नो आठौँ बार्षिक साधारण सभा विहिवार सम्पन्न गरेको छ । त्रियुगा नगरपालिका १३ बहेडुवा स्थित प्रमुख अतिथि बलदेव चौधरीको प्रमुख आतिथ्यमा स्थित साधारण सभामा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाकी कोषाध्यक्ष शसिकला चौधरीले बार्षिक आय–व्यय प्रतिवेदन पनि प्रस्तुत गरिन् । “व्यवसायिक र एकिकृत सहकारी खेती, कृषि पर्यटन सहितको आर्थिक समृद्धि” भन्ने नारा सहित साधारणसभा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा समाज सेवी समुह उदयपुरका संयोजक विनोद कुमार कार्की, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना जोन कार्यान्वयन इकाई प्रमुख राम सोगारथ साह, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख, प्रकाश विश्वकर्मा, ओरेक उदयपुरका संयोजक सुनिता मैनाली, लगायतका अतिथिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मेयर चौधरीले कार्यक्रममा उपस्थित विभिन्न संघ–संस्थाहरुलाई प्रशंसा–पत्र वितरण गर्नुभएको थियो ।
