Monday, April 20News That Matters

सांसद लक्ष्मी महतो बिरामी होइन फरार अभियुक्त हो : रवि लामिछाने

पूर्णपुष्टि,वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी अरार अभियुक्त रहेको बताएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा लामिछानेले विगत आफु गृहमन्त्री हुँदा फरार रहेको अभियुक्तलाई बिरामी भन्न नसकिने बताएका छन् ।

पूर्व गृहमन्त्री लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए । ‘उनको तस्वीर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’

सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएका छन् ।