
पूर्णपुष्टि, फागुन २३ ।
स्कुल पढ्दा साईकल स्लो रेसमा प्रथम भएका रुवेन राई आज साईक्लिङ प्रतियोगितामा प्रथम भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका रुवेनले नगरपालिकाले आजबाट सुरु गरेको खेलकुद महोत्सव २०७७ अन्तर्गत उदयपुर साईक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा पुरुष तर्फ प्रथम भएका हुन् ।
सामान्य साईकल सानैदेखि चलाउने रुवेनले माउन्टेन साईकल चलाउन भने दुईवर्षदेखि सुरु गरेका हुन् । साईक्लिङमा खास रुची राख्ने रुवेन ब्याड्मिन्टन पनि उत्तिकै राम्रो खेल्दछन् तर, पछिल्लो समय उनको साईक्लिङमा बढि झुकाव देखिन्छ । यो जीतसंगै उनको प्रशंसकहरु बढेका छन् । 
प्रतियोगितामा केशब थापा दोस्रो र अवतार राई तेस्रो भए । त्यसैगरी प्रतियोगिताको महिलातर्फ लक्ष्मी मगर प्रथम, जमुना थापा दोस्रो र आशा लिम्बु तेस्रो भए ।
पछिल्लो समय उदयपुरमा साइक्लिङको क्रेज युवाहरुमाझ बढ्दो छ । यसले शारीरिक, मानसिक स्वास्थ्यता प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदयपुर साईक्लिङका संस्थापक जितु रोइलाले बताउनुभयो । 
