Monday, June 29News That Matters

साउदीबाट पहिलो चार्टर्ड उडानमार्फत १५४ नेपाली आईपुग्यो

पूर्णपुष्टि, असार ५ गते । 

पहिलो चार्टर्ड उडानमार्फत साउदीको दमामबाट १ सय ५४ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको पहिलो उडान हो ।

साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ । यस उडानमार्फत स्वदेश फिर्तीका लागि २ सय २६ प्राथमिकतामा परेका छन् ।

यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।

साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।