
पूर्णपुष्टि,असार २० । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-१४ साउँनेमा परम्परागत सिप र ज्ञानको जगेर्ना तथा संरक्षणका लागि माझी समुदायहरुलाई बिभिन्न परपरागत सामाग्री हस्तन्तरण गरिएको छ । मानव अधिकार र वातारवरण विकास केन्द्र हुरेण्डेक उदयपुरको आयोजनामा बुधवार साउनेको बाजगरा स्थित श्री साङ्गछोलिङ्ग गुम्बा आधारभूत विद्यालयको प्रांगनमा पुगि उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, विराटनगरको सहयोगमा गरिएको सामाग्री हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारले उक्त सामाग्रीहरु वितरण गरेकी हुन् । माझी समुदायहरुले प्रयोग गर्ने ठुलो जाल ८ पीस, सानो जाल ७ पिस, लाईफ ज्याकेट १५ थान, बल्छि क्रमस १ नम्बर २,३,४,५,७ र १० नम्बर, कालो र सोतो बल्छि धागो ५ थान, जालमा प्रयोग गरिने डोरी १०० पीस र जालमा प्रयोग गर्ने ५०० मिटरको रस्सी हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
सामाग्री हस्तान्तरण गर्दै उनले परम्परागत रुपमा माझी समुदायका पूर्खाहरुले गर्दै आएको यो पेशालाई नयाँ पुस्ताले संरक्षण गर्नुपर्ने बताईन् । उन्ले भनिन् ‘पिता पुर्खाहरुले समुदायको संरक्षण गर्दै आएको यो सिपलाई अव नयाँ पुस्ताहरुले युवा लक्षीत रोजगारको सिर्जना गर्ने र पर्यटन बिकासमा जोड दिनु पर्छ’ । साथै आगामी बजेटमा प्रदेश सरकारले यस क्षेत्रमा बसोवास गर्ने २८ घर धुरी रहेको माझी बस्तीलाई उत्थान गर्ने साथै आउँने दिनहरुमा प्रदेश सरकारले बढिमात्रामा बजेटहरु ल्याउने उपसभामुख दनुवारले बताईन् ।

यस्तै सामाजिक बिकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीका अनुसार राज्यले देशमा कुन-कुन समुदायीहरुलाई राज्यले संरक्षण तथा हेबिचार गर्नुपर्ने त्यस्ता समुदायीहरुलाई सिमान्चकृत वर्ग भनिएको हो । यस्तै माझी समुदायका युवा तथा बालबालिकाहरु सामाजिक बिकृतिबाट आफु सचेत भएर आफ्नो समुदाय प्रति आफु जिम्मेवार रहन पनि अनुरोध गरेका छन् । माझी समुदायहरुले गर्दै आएको मौलिक सिपको उच्च कदर गर्दै मन्त्रालयबाट यो सहयोग प्राप्त भएको बताउँदै उक्त सहयोग अनुरुप समुदायप्रति उत्तरदायी भएर राम्रो काम गरे आगामी दिनहरुमा कृषि तथा वातावरण मन्त्रालय लगाएत अन्य मन्त्रालयहरुमा पनि सहयोगको अपिल गरिदिने उपसचिव खत्रीले बताए ।
कार्यक्रममा बोल्दै ससाज सेवी भाग्वत राउतले जिल्लाको हकमा केहि समय यता बाजगराका स्थानीय माझीहरुले डुंगाको पुजा नगर उनीहरुको पित्रिहरु नमान्न भएकोले सामान्य नमुनाको रुपमा सानो डुंगा बनाई त्यसैलाई पुजा गर्दै आएको बताए । उनले भने ‘हजारौ यात्रीहरुको साक्षी बनेका यी माझी समुदायहरुलाई हामीले गत बैशाख १ गते एउटा डुंगा उपलव्ध गराएको छौँ’ । सधै खोला किनारामा बसेर आफ्नो संस्कार संरक्षण गर्ने माझीहरुले कयौँ यात्राहरुलाई उनीहरुको गन्तव्यमा पुर्याएर आफु सधै खोलाको किनारा र डुंगाकै साहारामा जिवनयापन गर्दै आउँनु परेको अवस्था छ । समाज सेवी राउत भन्छ, ‘म एमालैकै नेता हुँ तर यो हाम्रो अभियान एमाले निर्माण गरौँ भन्ने हैन्’ ।
कार्यक्रममा सांसद गिता रेग्मी, हुरेण्डेक उदयपुर अध्यक्ष शंकर थापा, एमाले नेता ईश्वर मणि राउत, स्थानीय टोल बिकास समितिका अध्यक्ष, बाजगरा उत्थान समाजका अध्यक्ष लगाए माझी समुदायहरुका सकृय युवाहरुको उपस्थिति रहेको थियो ।



