Wednesday, June 17News That Matters

सातै प्रदेशमा रास्वपाद्वारा प्रदेश समिति गठन

पूर्णपुष्टि,फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । प्रदेश समिति गठनसँगै आ–आफ्नो जिम्मवारीसमेत तोकिसकेका छन् ।

प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन् । यता सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।