Thursday, June 4News That Matters

सातौँ तहको सरकारी जागिर त्यागेर गाउँपालिकाको अध्यक्षमा राईको उम्मेदवार

पूर्णपुष्टि, बैशाख १४
मानिसहरु सरकारी जागरि भनेपछि हुरुक्कै हुन्छन् । सरकारी जागिरकै लागि धेरै मेहनत र सपनाले बल्ल तल्ल जागिर खाएका मानिसहरु जिवनभरी खुसी हुने प्रयास गर्छन् । सरकारी जागिर भनेको मानिसहरुको निकै फलदायीक र बाँच्नका लागि सुखदायीक जिवन पनि हो । तर सबै कुराले सम्पन्नता हुँदा हुँदै पनि कुनै व्यक्तिहरुमा भने जनताहरुको प्रत्यक्ष सेवक बन्ने इच्छा हुन्छ । यसै इच्छा बोकेर आसन्न स्थानीय चुनावका लागि नेकपा माओवादी केन्द्रबाट गोपाल चन्द्र राईले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षको लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन् ।

राईले जागिरबाट तत्कालै राजिनामा दिएर पालिका अध्यक्षको लागि तयारी गरिरहेको छ । राजनितिमा प्रवेश सँगै गाउँपालिकाको अध्यक्षका लागि आफ्नो तयारी हुँदै गर्दा उनले जनतामाझ लोक प्रिय बचनहरु दिँदै आएको छ । राईले गरिब अनि भोको समाजमा आफु धनी हुने कुनै सपना नरहेको भन्दै अध्यक्षका लागि आफ्नो उम्मेदवारी दिएको जनाए । यसको मतलव खान लाउन पुगिरहेको अवस्थामा त्यो भन्दा बढी सपना देखेर मानिसहरु स्थानीय स्रोत साधनको बढी भन्दा बढी दुरुपयोग गरी जनताहरुलाई भोको राख्ने काम गर्ने पाईएको उनको बुझाई छ । तर यस्तो अवस्थामा राईको भने कुनै सपना र महत्वकांक्षी नभएकाले नै आफुले जनताहरुलाई सुखि र समृद्धीको बातावरणमा जिउन मदत गर्ने हिसावले आफु राजनितिकमा लागेको जनाए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी राईले नौ वर्ष सरकारी जागिरेका रुपमा जनताको सेवा सँगै अब जनप्रतिनिधि भएर जनतालाई नजिक बाट प्रत्यक्ष सेवा गर्ने राईको योजना छ ।

को हुन् गोपालचन्द्र

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे बोल्पाका गोपालचन्द्र केशरबहादुर राई र कृष्णकुमारीका कान्छा छोरा हुन् । बतासेबाटै एसएलसी उत्तिर्ण गरेका उनले खोटाङको दिक्तेल बहुमुखी क्याम्सबाट स्नातक गरे । राजविराजबाट राजनीतिशास्त्र ९एलएलवी० र जनप्रशासन क्याम्पसबाट ९एमपीए० गरेका उनको राजनीतिक जीवन बतासेस्थित जिल्लाकै पुरानो विद्यालय श्री जनता उच्च मावि भण्डारी डाँडाबाट सुरु भएको थियो ।

गोपालचन्द्रले २०५६ देखि ०५९ सालसम्म अनेरास्ववियूमा रहेर एमालेको राजनीति गरे । त्यसपछि एमाले परित्याग गरी माओवादी रोजेका उनी २०६६ देखि ६९ सम्म जिल्ला सदस्य भए ।

जागिरे जीवन सुरु गरेसँगै पेसागत संगठनमा आवद्ध भए । उनले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संगठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हाल्ने अवसर पाए । यसैक्रममा नेपाल आयल निगमको आधिकारिक ट्रेड युनियनको अध्यक्ष समेत बनेका गोपालचन्द्र हाल माओवादी केन्द्र उपत्यका विशेष प्रदेशको सदस्य हुन् ।

देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको भन्दै उनले भने, ‘म मालिक होइन, सेवक बन्न आएको हुँ ।’ मालिक कस्तो हुन्छ भन्ने उनले जागिरे जीवनमै भोगेका छन् । भन्छन्, ‘मालिक, हाकिम र उपल्ला वर्गले कसरी तल्ला वर्गलाई दमन गर्दारहेछन् भन्ने भोगेको छु’ उनले भने, ‘त्यसैले सेवक बन्न राजनीतिमा आएको हुँ ।