Tuesday, June 2News That Matters

सानो उमेरमै ब्याडमिन्टनमा उदाएकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईको सम्मान

पूर्णपुष्टि, ५ बैशाख ।
सानो उमेरमै ब्याडमिन्टनबाट सफलता चुमेकी उदयपुरकी रोजी राईलाई खेलाडी दिपक राईले सम्मान गरेको छ । राईले ब्याडमिन्टन खेलेरै देश विदेशमा उदाएकी चौदण्डीगढी नगरपालिका ७ बेल्टारकी १७ बर्षिया ब्याडमिन्टन खेलाडी रोजी राईलाई बुधबार गाईघाट स्थित कवर्ड हलमा सम्मान गरेको हो ।

राई आफै पनि ब्याडमिन्टनको सक्रिय खेलाडी हुन् । करिब २० बर्षदेखी ब्याडमिन्टन खेल्दै आएको राईले आज ब्याडमिन्टन खेलबाटै पहिचान बनाउन सफल उदयपुरकी खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी ब्यक्त गरे । राईले खादा, मायाको चिनो र नगद सहित सम्मान गरेको छ । ब्याडमिन्टन संघ कोशी प्रदेशको सदस्य समेत रहेका राईले प्रदेशभरीको ग्यामहरुमा सबै भन्दा बढी आफु सहभागी रहेको दावी गर्छन् । उनले अनिगिन्ती ग्यामहरुमा सहभागी भएको जनाए । “गनेर साध्य छैन्, कयौँ ग्याम खेलि सकेको छु र सयौँ उपाधी हात पारिसकेको छु । “राईले भने” । उनि ६० बर्षको उमेर हुँदा पनि ब्याडमिन्टनलाई निरन्तर दिरहेको बताउँछन् ।

आफु एक पुरानो खेलाडी भएको कारण नयाँ उदाउँदो खेलाडीलाई सम्मान गर्न मन भएको भएको जनाए । रोजी राईले हाल दुई ओटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाईसकेकी छिन् । नेपालमा भएको साउथ एसियन रिजनल जुनियर च्याम्पियनसिपमा उनि तेस्रो बनेकी थिईन् । उक्त ग्याम एक पटक ग्वाटी र अर्को पटक नेपालमै भएको थियो । उनले एउटा अन्तराष्ट्रिय ग्याम भने गुमाएकी छिन् । नेपालमै भएको प्रतियोगितामा सहभागी हुनु पर्ने भएको कारण उनले पाकिस्थानको ग्याम भने गुमाएकी थिईन । उनले नेशनल लेवलको करिब १० ओटा ग्याम खेलिसकेकी छिन् । जस मध्ये एउटा ग्याममा भने उनि च्याम्पीयनै बनीन भने अन्य ग्यामहरुमा पनि दोस्रो तेस्रोको स्थानहरु बनाई राखिन् । उनलाई ब्याडमिन्टन खेलागी तथा ब्याडमिन्टन प्रेमीहरुकाबीच सम्मान गरिएको थियो । रोजीको ब्याडमिन्टन खेल निकै लोभ लाग्दो रहेको खेलाडीहरु बताउँछन् । सानो उमेरमै प्रभावकारी खेलाडीको रुपमा स्थान बनाएकी रोजीको पछिल्लो ग्यामहरु थप सफल रहोस शुभकामना ।