Wednesday, June 17News That Matters

साफ यू-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सहज जित

पूर्णपुष्टि,माघ २२ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । आईतवार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२(० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३(१ गोल अन्तरले पराजित भएको थियो ।

बंगलादेश विरुद्ध नेपालको तर्फबाट अमिषा कार्कीले ह्याट्रिक गोल गरेकी छिन् भने टिमको कप्तान प्रीति राईले एक गोल गरेकी हुन । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।