
मोरङ, भदौ ३० गते ।
मोरङको एक सामुदायिक वनले आफ्नो वार्षिक साधारण सभामा दुई पत्रकारलाई सम्मान गरेको छ । पथरीशनिश्चरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको हो ।
समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन पत्रकारिता क्षेत्रबाट अमुल्य टेवा पु¥याएको भन्दै पत्रकार अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको आयोजले जनाएको छ ।
पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि हुन् । भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् ।
सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । हरियाली नेपालको प्रथम पुरस्कार पाउने प्रदेश १ कै पहिलो सामुदायिक वन हो ।
पत्रकारहरुसँगै एक सय तीन वर्षीय जेष्ठ नागरिक उपभोक्ता मोहन ध्वज जवेगु, ८८ बर्षिया मायालक्ष्मी थुलुङ, पूर्व अध्यक्ष हरिलाल अधिकारी पनि सम्मानित भएका थिए । त्यस्तै टोल प्रमुखहरु गजेन्द्र राई, पञ्चमाया राई, कृष्ण गेलाल, धनप्रसाद मगर, बसन्त मगरलाई समेत सम्मानित भएका थिए ।
निम्न वर्गीय उपभोक्ताहरु देउमाया लिम्बू, लक्ष्मी विश्वकर्मा, धनमाया गुरुङ लगायत ३० जनालाई खाट, नरबहादुर चौहान र रामकुमार राईलाई घर निर्माण गरेर उपहार प्रदान गरेको आयोजकले जनाएको छ ।
