Monday, April 20News That Matters

सामुदायिक विद्यालयलाई टाई अनिर्वाय नगर्न महानगरको निर्देशन

पूर्णपुष्टि, बैशाख १५ । काठमाण्डौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई टाई अनिवार्य नगर्न निर्देशन दिएको छ । बिहिबार महानगरले परिपत्र गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टाई अनिर्वाय नर्गन निर्देशन गरेको हो ।

चैत २८ गते शिक्षा समितिले टाई अनिर्वाय नगर्ने गरेको निर्णय अनुसार विद्यालयहरुलाई बिहिबार परिपत्र गरी निदेर्शन दिएको महानगर शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए । टाइ लगाउँदा बालबालिकाहरूलाई असहज महसुस हुने, स्वतन्त्र रूपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालले जानकारी दिए ।