
पूर्णपुष्टि, बैशाख ५ गते ।
भारत सरकारले सार्वजनिक ठाउँमा थक्नु प्रतिबन्ध लगाएको छ । सार्वजनिक ठाउँमा थुक्दा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने खतरा रहेको भन्दै भारतको गृह मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।
सरकारले प्रतिबन्ध लगाउनु भन्दा पहिले नै विभिन्न शहरका नगरपालिकाहरुले कानुन बनाएर प्रतिबन्ध लगाईसकेका थिए । तर त्यो कानुन लागू हुने सकेको थिएन र मानिसहरुले गम्भीर रुपमा पनि लिएका थिएनन् । अब गृह मन्त्रालयले केन्द्रीय अधिनियम अनुसार यसमा प्रतिबन्ध लगाएको हो ।
कैयौँ राज्यले सार्वजनिक ठाउँमा थुक्नेलाई जरिबाना पनि तोकेको छ । मुम्बईमा केही व्यक्तिले सार्वजनिक ठाउँमा थुके एक हजार भारतीय रुपैयाँ जरिबाना तिराइने गरिएको छ । राजधानी दिल्लीमा यसको लागि दुई हजार भारु जरिबाना तोकिएको छ ।
भारतमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म चार सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ ।
