
पूर्णपुष्टि, पुष १२ । संखुवासभाको भोटखोला गाउँपालिका–२ चेम्ताङबाट सालकको खपेटा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय छिरिङ भोटे रहेको छ भने अन्य ६ जना फरार रहेको प्रहरीले जनाएको छ ।६/७ जनाको समुहमा सेतो बोरा बोकेर आईरहेको उनिहरुलाई बुधबार साँझ ७ बजे प्रहरी चौकी चेपुवाबाट खटिएको गस्तीले फेला पारेका थिए । प्रहरी टोलीलाई देख्ने बितिकै बोरा फालेर भागेपछि पछ्याउदै जाने क्रममा उक्त बोराहरु खोलेर हेर्दा बोराभित्र सालकको खपेटा फेला परेको थियो । उक्त खपेटा प्रहरीले बरामद गरी पक्राउ परेका भोटेको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा फरार रहेका अन्य व्याक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
