
पूर्णपुष्टि, भदौ १०
आफ्नै घाटीमा खुकुरी प्रहार गरी एक पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा भोजपुर सानोदुम्बा–५ घर भई धरान–१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेल रहेका छन् ।
बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको थियो । घटनाको खबर प्राप्त भएपछी ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईते भुजेललाई उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको प्रहरीले जनाएको छ । घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
