Thursday, June 18News That Matters

सिटी र रियलबिचको पहिलो सेमिफाईनल खेल बराबरी

पूर्णपुष्टि, बैशाख २७ । युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब म्यान्चेष्टर सिटी र स्पानिस क्लब रियल मड्रिडबिचको पहिलो सेमिफाईनल खेल बराबरीमा रोकिएको छ । रियलको घरेलु मैदान सान्टियागोल बर्नामेउमा भएको पहिलो सेमिफाईल खेल १–१ गोलमा सकिएको हो ।

भिनिसियस जुनियरले खेलको ३६ औं मिनेटमा गोल गर्दै रियललाई आग्रता दिलाएका थिए भने खेलको ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे । घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा लिएको आग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो ।

बुधबार राति घरेलु मैदानमा हुने दोस्रो लेगमा जित निकाले सिटी फाईलनमा इन्टर मिलान वा एसी मिलानविरुद्धको खेलमा पुग्ने छ । रियलले जित निकाले १५ औं उपाधि नजिक पुग्नेछ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ । सिटी अहिले सबै प्रतियोगितामा २१ खेलमा अपराजित छ, जसमा १७ जित समावेश छ। अब थप सात खेलमा विजयी भएमा सिटीले च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एएफ कप जित्दै ट्रेबल गर्नेछ।