Sunday, June 14News That Matters

सुकौरामा बालविवाह न्युनिकरणका लागि ३ दिने तालिम सम्पन्न

पूर्णपष्टि,जेष्ठ ७ । उदयपुरको त्रियुगा नगरपालिका १६, सुकौरामा बालविवाह न्यूनीकरण सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको छ । विहानी महिला सामुदायिक संस्था जाल्पा चिलाउँनेद्धारा आयोजना गरएको ३ दिने तालिमा आईतवार सम्पन्न भएको हो ।

‘नगरौँ कुरा, भएको छैन २० वर्ष पुरा’ भन्ने मुल नाराका साथ सस्थको आफ्नै कार्यक्रम सभाहलमा भएको थियो । उक्त तालिम ओरेक उदयपुरको सहकार्यमा संचालन गरिए हो । तालिममा विवाह र वालविवाहको परिभाषा, कारण,असर र वालविवाह न्यूनीकरणमा यूवाको भूमिकामा छलफलद्धारा धारणागत स्पष्टभई १३ जना पदाधिकारीहरुको रुपान्तरणका निम्ती युवा महिला समुह समिति समेत गठन गरिएको छ । समिति गठन पश्चात ३ दिने तालिमको समापन संगै मनोविमर्श केन्द्र समेत उद्धघाटन गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मान बहादुर राईले सचेतना मुलक कार्यक्रम नीरन्तर संचालन हुन जरुरी रहेको र समुह सञ्जाल सहित विद्यालयमा समेत बालविवाह न्यूनीकरणको बिषयमा केन्द्रित रहेर बताए । अध्यक्ष राईले कार्यक्रमको योजना सहित वडा कार्यालयमा प्रस्तावना पेश गर्नुभयो भने आफुले आवस्यकता अनुसार सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरेका छन् ।