Thursday, May 21News That Matters

सुत्केरी र गर्भवती महिलालाई पोष्टिक आहार वितरण

पूर्णपुष्टि, बैशाख २० गते । 

त्रियुगा नगरपालिका–१६ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । वडा र ओरेक नेपाल उदयपुर शाखाद्धारा संयुक्त रुपमा २६ घर परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो ।

वडामा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेको वडा कार्यालयले जनाएको छ । हिजो वडाको तल्लो भेगका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको थियो भने माथील्लो भेगका बाँकी १५ जनालाई केहि दिनमा राहत वितरण गर्ने त्रियुगा नगरपालिका १६ का वडा अध्यक्ष मान बहादुर राईले बताए ।

ओरेक नेपालले ३० जना गर्भवति र सुत्केरीलाई सहयोग गरेको थियो । बाकी ११ जनालाई वडा आफैले राहतको व्यवस्था गरेको अध्यक्ष राईले बताए ।

सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो । राहत वितरणलाई व्यावस्थित बनाउनको लागी दुई चरणमा गर्भवती र सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

कोरोना भईरसको कारण सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले पौष्टिक आहारसंगै राहत वितरण गरिएको ओरेक नेपालका शाखा उदयपुरको जिल्ला संयोजक सुनिता मैनालीले बताईन् ।

प्रत्येक व्यक्तिलाई चामल २५ केजी, दाल २ केजी, चना १ केजि, खाने तेल १ लिटर, नुन १ केजी, सरसफाईको लागी सावुन ६ वटा, सरफ १ प्याकेट र सुतिको कपडा २ मिटर वितरण गरेको जनाईएको छ ।