
पूर्णपुष्टि,मंसिर ३०
सुनको भाउमा आज सामान्य गिरावट आएको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ मंगलबार तोलामा १ सय रुपैयाँले घटेको हो ।
चाँदी हिजो जस्तै तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ ।
