
पूर्णपुष्टि, भदौ १६ गते ।
सुनको मूल्यमा लगातार आठौँ दिन गिरावट भएको छ । भदौ ९ गतेबाट घट्न थालेको सुनको मूल्य आज बिहीबार पनि ९ सय रुपैयाँले गिरावट भएको छ । आज सुन तोलामा ९३ हजार १ सय रुपौयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९४ हजार रुपैयाँमा सुनको कारोवार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रुपौयाँले घटेर १ हजार १ सय रुपैयाँमा आइपुगेको छ । हिजो बजारमा चाँदी प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
