
१३ बैशाख, २०८३ । उदयपुर
सुनकोशीमा केही दिनअघि बेपत्ता भएका उदयपुरको लिम्चुङबुङ गाँउपालिका -५ चौलानेका ५१ वर्षिय रामशेर राई मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार खोज तलासको क्रममा आज रौतामाई गाउँपालिका -३ को भदौरे स्थित सनकोशीको किनारमा मृत अवस्थामा फेला परेको हो ।
वैशाख ८ गते सुनकोशी नदीमा माछा मार्न जानेक्रममा उनी बेपत्ता भएका थिए ।
मृतकको सब जिल्ला अस्पताल उदयपुरमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जनाइएको छ ।
