Wednesday, June 10News That Matters

सुनकोशीमा हराएका वालिका अझै भेटिएनन

पूर्णपुष्टि, साउन २३ गते ।

सुनकोशी नदिले वगाउदा वेपत्ता भएको एक महिनासम्म पनि वालिका अझै भेटिएका छैनन । अषार २२ गते उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङस्थीत सुनकोशी नदीमा पौडीखेल्ने क्रममा दुइ वालिका वेपत्ता भएका थिए । वेपत्ता हुनेमा त्रियुगा न पा १४ साउने बस्ने वर्ष १३ की विपना राइ र वर्ष १२ की विना राइ थिए। उनीहरु गाइवस्तु चराउन जादा गर्मी भएसगै पौडी खेल्न जादा वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले वालिकाको खोजी कार्य जारी रहेपनि नभेटिएको बताएको छ ।

वेपत्ता भएकी विना राइका वुवा जितवहादुर राइले भने प्रहरीले चासो दिएर नखोजेको वताएका छन । उनले भने “हराएको दिन भन्दा अरुदिन प्रहरीले खोजेको थाहा छैन । प्रहरीले तदरुकता नदेखाउदा आफ्ना छोरीहरु नभेटिएको गुनासो परिवारको रहेको छ ।” वालिकाहरु हराएको एक महिनासम्म पनि नभेटिएपछी परिवारले अन्तिम संकार गरेका छन् ।