
सोनुकुमार दास
पूर्णपुष्टि, साउन २६
सुन्सरी जिल्लाको सीमा क्षेत्रबाट तस्करी मौलाएको छ । लत्ताकपडा, सुर्ती, चिनी, भाँडाकुँडालगायत सामानअवैद्य पैठारी हुनथालेका छन् । १ नं प्रदेशमा केहि दिन अघिमात्र पदभार समाहलेका डिआईजि सुदिपगरिले १ नं प्रदेशमा तस्करी ठप्प पार्न अभियानचलाइरहँदापनिप्रहरीकै संलगनतामा तस्करी भएको पाइएको छ । मोरङबाट छिटफुट तस्करी भएपनि सुनसरीबाट खुलेआम तस्करी भएको पाइएको छ । १ नं प्रदेशको , झापा , सुनसरीका सबै प्रायःचोर नाका र छोटी भन्सार भएर सामानओसारपसार हुने गरेको छ । सुनसरीको सिमानामा पर्ने बस्मतिया बोर्डर , घुर्णा बोर्डर , हरिनगरमा रहेको बोर्डरहरुबाट दिनहुँ तस्करी हुँदै गरेको छ ।
केहिदिन अघि , मोरङकाबिभिन्न नाकाबाट पनि तस्करी भएपनिअहिले नभएको बिराटनगरका केहि तस्करहरु बताउछन् ।मोरङमा रहेका घुमुवा प्रहरी , विशेष गरि जिल्लाप्रहरी कार्यलय मोरङ , वडा प्रहरी कार्यलय , बिराटनगर र इलाकाप्रहरी कार्यलय रानीका घुमुवाहरुले तस्करीको सामान देख्नासाथ नियन्त्रणमा लिइ रहँदाअहिले तस्करहरु सुनसरीको बिभिन्ननाकाप्रयोग गरिरहेका छन् ।
सुनसरीको बिभिन्न नाकाबाट खुल्ला रुपमा तस्करी भइरहेको छ । जस्माजिल्लाका घुमुवा देखीप्रहरीको उच्चअधिकारीहरुको संलगनता छ । घुमुवाले तस्करहरुसंग पैसा उठाएर , जिल्ला देखीमाथिल्लो तह सम्मकाअधिकारीहरुलाई मोटो रकमदिइरहेका छन् । दृश्यमा देखिएकाव्यक्तीको नामरमेश यादब (परिवर्तितनाम) हो । उनि भन्छन् , म दुहुबीनिवासीहुँ । हरेक दिन एक पटक सुनसरीको तेलयारी नाकाभएर सामानल्याउने गरेको छु । हामीले उनाको साइक्लमालोड सामान हेर्दा १ बोराभित्र ५० किलो चिनि , एक बोरा बलवान छापको सुर्ति , एक बोरा राजनिवास(गुटखा) लिएर जादै गरेको तस्विर लिएकाथियौं ।

सुनसरीमाप्रहरीले सादापोसाकमा घुमुवा प्रहरी खटाएर रकमअसुल्ने व्यापारीको आरोप छ । जिल्लामाएसपी, डीएसपी, अञ्चल र क्षेत्रीयप्रहरी कार्यालयकाअलगअलग घुमुवा परिचालनगरिएको पाइन्छ । प्रहरीको संरक्षणमा ओसारपसार हुने गरेको बर्जु गाँउपालिका अमडुवा ३ बस्ने जागेश्वर मण्डलले भने । मंगलबार समेत रातिको समयमा लत्ताकपडा, सुर्ती, चिनीलगायतको सामान तस्करी हुँदै गरेको सुचनापाएकाथियौं । सोहि सुचनाको आधारमाकरिब राति ९ बजेको समयमाहामीउक्त स्थानमाजाँदा स्थानियजागेश्वर मण्डलल भन्छन् स्थानीयप्रहरी के—कस्तो लेन देन गर्छन थाहानभएपनिप्रहरीकै अगाडिबाट सामानओसार पोसार हुँदै गरेको बताए ।
यस्तै अर्का एक तस्कर हरिनगरा बसन्तपूर सडक खण्डमा पर्ने बस्मितियाबोर्डरबाट सामानल्याएर नेपालप्रवेश गरे पछि हामीले उनलाई प्रश्नग¥यौं । तपाईको घर कहाँ?उनले भने दाई भिडियो नलिनिुस न । हामीले पुनः सोध्यौं , तपाईको घर कहाँ , उनले भने पूर्व कुशाहा । उनको साइकलमापनि ५० केजिचिनि , एक बोरा सुर्ति , बिस्कुट लगायतको सामानलोड भएको हेरी रहँदा , उनले २५ केजिमात्रचिनि रहेको बताएकाथिए । उनीअक्मकाउदै भने , प्रहरीलाई पैसा त दिन्न तर डिउटिमा खटेकाप्रहरीहरुसंग चिनजानभएको कारण सामानल्याउने गरेको स्वीकारे ।
दर्शकबृन्द , सुनसरी अमडुवाका एक प्रत्यक्षदर्शी भन्छन् तस्कर र तस्करीमा संलग्नव्यक्तीहरुको बिषयमाजानकारी गराएआफुलाई गोलीमारिदिने बताए । उनले भने , यहाँबाट सबै सामान तस्करी भइरहेको बताए । यस बिषयमालाइभन्यूजसंग कुरा गर्दै , जिल्लाप्रहरी कार्यलय ,सुनसरीका एस पीप्रभु प्रसाद ढकालले भने , कुनै प्रहरीको वाप्रहरी चौकीले तस्करी जस्तो विषयलाई नजरअन्दाजमात्र गरे उनलाई तत्कालै कार्वाहीगर्ने बताए । प्रहरी संगठन भित्र शुद्धिकरण हुनआवश्यक छ । सिमा नाकाबाट हुने तस्करीमा प्रहरीको सहयोग बिना तस्करी हुनै सक्दैन । तिनै प्रहरीले तल देखीमाथि सम्मकाशक्तिकेन्द्रहरुलाई आर्थीक देखी नैतिक सहयोग नगरेको भन्नु पनि कसरी । यस भन्दा अगाडि पनि स्याउ तस्करीमा १ प्रदेशका डिआईजिइश्वरबाबु कार्की बिबादमातानिसकेकाथिए । तसर्थ सम्बन्धीतनिकायको यस तर्फ ध्यानजानु आवश्यक छ ।
