Monday, June 22News That Matters

सुनसरीमा दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गयो

पूर्णपुष्टि,वैशाख २२

सुनसरीको इटहरीमा हिजो राति भएको सवारी दुर्घटनामा परेर एक जना प्रहरी जवानको ज्यान गएको छ । झापाको कचनकवल गाउँपालिका–६ घर भएका ३३ वर्षीय  प्रहरी जवान कमलबहादुर खड्काको दुर्घटनामा ज्यान गएको हो ।

पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर खड्काको ज्यान गएको थियो ।

इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको प्रहरीले जनाएको छ । खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।