
पूर्णपुष्टि/उदयपुर, असार १५ ।
त्रियुगा नगर खेलकुद विकास समितिले वर्ष खेलाडीका रूपमा आज दुई जना खेलाडीलाई सम्मान गरेको छ ।
त्रियुगा नगर खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले पुरुषतर्फ फुटबल खेलाडी सुनील खडका तथा महिलातर्फ बिपीसा मगरलाई सम्मान गरेका हुन् ।
सम्मानित खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको समितिका अध्यक्ष किरण कार्कीले जनाएको छन । थरुहट रगंशालमा भएको कार्यक्रममा नगरका खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्व तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
समितिले उत्कृष्ट प्रदर्शन गर्दै नगरको खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै दुवै खेलाडीलाई वर्ष खेलाडीका रूपमा छनोट गरिएको अध्यक्ष कार्कीले बताएका छन ।
