
पूर्णपुष्टि, माघ १४
दुर्घटना बाट सुरक्षित रहित यात्रा र सवारी साधनका कागजात बारे चेतना फैलाउन जेसिज उदयपुरले ट्राफिक सचेतना कार्यक्रम बुधबार गाईघाटमा गरेको छ ।
गाईघाटको ट्राफिक चोक स्थित बढी सवारी चाप हुने स्थानहरुमा जिल्ला ट्राफिक कार्यालय उदयपुर र बिद्यार्थीहरु सहित जेसिजले ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।
जथाभावी बाटो काट्ने पैदल यात्री तथा सवारी, मोटर साईकलमा हेलमेट नलगाउने चालक, क्लिप नबान्ने, तिव्र गतिका सवारी, कागजात नबोक्ने सवारी, बढी यात्रु बोक्ने सवारी, ३ जना बोक्ने मोटर साईकल जस्ता ट्राफिक नियम उलंगनका सवारी साधन र पैदल यात्रुहरुलाई शन्देस मुलक चेतना फैलाउँदै गल्ती गरेकाहरुलाई ट्राफिक सन्देश सहित सम्झाउने काम ट्राफिक प्रहरी र विद्यार्थीहरुले गरेको छ ।
पछिल्लो अवस्थामा दुर्घटनाहरुको चाप उत्तिकै रहेको भन्दै जेसिजले गर्ने बिभिन्न सामाजिक कार्यहरु अन्तरग ट्राफिक सचेतना कार्यक्रमलाई अघि बढाएको जेसिज उदयपुरका अध्यक्ष शबु थापाले बताईन् ।
थापाले सुरक्षित यात्राका लागि यस कार्यक्रमले राम्रो महत्व दिने बताईन् । उनीले कार्यक्रममा सहभागी सम्पूर्ण जेसिजका सहकर्मी, ट्राफिक प्रहरी र बिद्यार्थीहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका ट्राफिक इन्चार्ज कमल कार्कीले दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीको मात्रै जिम्मेवार नसोच्न अनुरोध गरे । कार्कीले सबै ठाउँमा ट्राफिकहरुको डिउटी नरहने र दुर्घटना जतिखेर पनि हुन सक्ने भन्दै चालक तथा यात्रुहरुले पनि सुरक्षित यात्राका लागि आफै पनि नियम पालनामा हिड्न पर्ने बताए ।
सडकका सबै स्थानहरुमा ट्राफिक प्रहरीहरु नहुने भएकाले ट्राफिकको नजिक मात्र नियम पालनाले अन्य ठाउँमा जतिखेर पनि दुर्घटना हुन सक्ने र सुरक्षित बिनाको यात्राले मानविय क्षती सम्म बेहोर्नु पर्ने कार्कीले बताए ।
कार्कीले सवारी चालकहरु पैदलयात्रीहरु र सर्वसाधरणहरु आफै सुरक्षित भएमा पनि दुर्घटना बाट बच्न सकिने बताउँदै हरेक यात्रामा यात्रि, चालक र सर्वसाधरणहरुमा ट्राफिक नियमलाई सम्झेर यात्रा गर्न समेत अनुरोध गरे ।
यस सचेतना कार्यक्रमका समन्वय जिल्ला ट्राफिक कार्यालय उदयपुरले गरेका थिए भने सचेतना कार्यक्रममा नमुना माविका विद्यार्थीहरु सहभागी थिए ।
