Wednesday, April 22News That Matters

सेनाको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि÷गाईघाट, कार्तिक २४ । उदयपुरको सदरमुकाम गाईघाटस्थित मदनभण्डारी आखाँ अस्पताल नजिकै गत शुक्रबार नेपाली सेनाको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङले ट्रकको ठक्करबाट गम्भिर घाईते भएका झापाको कमल गाउँपालिका–५ बस्ने ३७ बर्षीय गोपाल बहादुर सार्कीको उपचारको क्रममा शनिबार बिहान पौने ६ बजे बिराटनगरस्थित नोवेल हस्पिटलमा मृत्यु भएको जानकारी दिएका छन् । आज शवको पोष्टमार्टम भईसकेको र मृतकको बुबाले शव बुझिसकेको डिएसपी दोङले जनाए ।

शुक्रबार दिउँसो १२ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको श्री पशुपती प्रसाद गण बोक्से ब्यारेकको बा १ ग २४४० नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको को २० प ४२३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका सार्कीलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा लगी सामान्य उपचार पश्चात विराटनगर रेफर गरिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई सोही दिन नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।