Friday, April 17News That Matters

सोलुखुम्बुमा दुई इन्जिनियरको मृत्यु

पूर्णपुष्टि, पुष १२
सोलुखुम्बुमा दुई जना इन्जिनियरको मृत्यु भएको छ । जिल्लामा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको हो । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् ।
सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम समेत घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृतकको शव प्रभु हेलिकप्टरमार्फत काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको छ ।