
पूर्णपुष्टि, वैशाख १ गते ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा सवारी दुर्घटना हुँदा तीन जना प्रहरीको ज्यान गएको छ । भूपेन्द्र कार्की, मनिक राजवंशी र रूपक विष्टको सवारी दुर्घटनामा ज्यान गएको हो ।
बुधवार सोलुखुम्बुबाट बिराटनगर आउँदै गरेको बा. १७ च १०९४ नम्बरको बोलेरो दुर्घटना भएको थियो । प्रहरीका अनुसार बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार कार्की र प्रहरी जवान राजवंशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी जवान विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको हो ।
