Wednesday, April 22News That Matters

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १९ जना सवारको विवरण सार्वजनिक

पूर्णपुष्टि, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सवार १९ जनाको विवरण सार्वजनिक भएको छ। एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालका अनुसार विमानमा चालक दलका सदस्य र कर्मचारी मात्र सवार थिए, अन्य सर्वसाधारण यात्रु थिएनन्।

दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने जसमध्ये १८ जना विमानमा सवार र ४ जना बाहिरका व्यक्ति हुनसक्ने अनुमान गरिएको छ।

विमानमा क्याप्टेन मनिषरत्न शाक्य र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।