
पूर्णपुष्टि, साउन ९ । काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। २२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने उनको भनाई छ ।
९एन एएमई उडान नम्बरको जहाज बिहान करिब ११ बजेतिर पोखरा विमानस्थलको धावनमार्गबाट उड्नेवित्तिकै उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनामा परेको थियो । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको बताएका छन्।
