
पूर्णपुष्टि, पुष २
मोरङको बिराटनगर महानगरपालिका–१२ पटुवारी टोल स्थितबाट स्कुटर चोरी गर्ने एक जना पक्राउ परको छ । बिराटनगर–१२ का २२ वर्षीय गणेश कुमार रामलाई स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मंसिर २९ गते राती साढे ७ बजे सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित रामलाई पक्राउ गरेको हो । पक्राउ परेका रामलाई हिजो जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
