Thursday, July 2News That Matters

स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नमिडियाको भूमिका विषयक अन्तरक्रिया

पूर्णपुष्टि संवाददाता/उदयपुर, असार १८

उदयपुर । समावेसी र समानता आजको मुख्य आवस्यक्ता भन्दै संकल्प समुहले जिल्ला समन्वय समितिको सभा हलमा आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउने उद्देश्यले “मिडियाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । सहभागीहरूले महिला नेतृत्व विकास, राजनीतिक पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासघं कोशी प्रदेशका अध्यक्ष भरत खडकाले महिलालाई न्यायोचित ब्यवहार नभएको भन्दै अब हुने स्थानिय चुनाबमा मिडियाबाट महिलाका पक्षमा मिडियामा बहस अनिवार्य हुने बताउनु भएको हो ।
कार्यक्रम शान्ति न्याय र लोकतन्त्रको लागि समावेशी महिला सञ्जालको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा रहेका विभिन्न सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।