Friday, May 15News That Matters

स्रोत नखुलेको भारतीय रकम सहित ३ जना पक्राउ

पूर्णपुष्टि, फागुन १६ । मोरङको बिराटनगर महानगरपालिका–९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् ।

हिजो अपरान्ह ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १ लाख त्रियासी हजार सात सय पचास रुपैया भारतीय रकम बरामद गरेको हो । बरामद भएको रकम सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।