Friday, May 15News That Matters

राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

पूर्णपुष्टि, फागुन १६ ।राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै काग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई पत्र पठाएका छन् । आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागी सभापती देउवाले ओलिलाई भोट मागेका हुन् ।

सो पत्र सोमबार अपराह्न ओली निवास बालकोटमा नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुझाएका हुन् । अध्यक्ष ओलीले नेपाली काग्रेस बाहेकका दलहरुलाई राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्दै पत्र पठाएका थिए ।

राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुनेछ । सो निर्वाचनमा एमालेबाट सुवास नेम्वाङ र काग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । देउवाले पत्रमा पौडेल निर्विवाद र सुयोग्य उम्मेदवार भएको भन्दै उनलाई समर्थन गर्न ओलीसँग आग्रह गरेका छन् ।