Saturday, August 8News That Matters

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई युवा पक्राउ

पूर्णपुष्टि, जेष्ठ २७

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुईजना भारतीय नागरीलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले रकमसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान अगडी बढाएको प्रहरीले जनाएको छ ।