Friday, June 12News That Matters

हप्तादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

काठमाण्डौँ, जेष्ठ ११
बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेको उद्धारकर्ताहरूले बुधबार जानकारी दिएका सरकारले पुष्टि गरेको छ । गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरुमा चार जनाको शव फेला परेको ती कामदारहरुले बताएका हुन् ।

राजधानी शहरबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआमा रहेको क्यानडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा मध्य अप्रिलमा दुर्घटना भएको थियो ।

छ बुर्किनाबे, एक जाम्बियन र एक तान्जानियाली नागरिकहरु सात सय मिटरमुनि हराएका थिए । दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत बताउनु भएको छ । (रासस)