पूर्णपुष्टि, पौष १
बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’ को दोस्रो श्रृंखला ‘द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । यो फिल्म १३ वर्षपछि विश्वव्यापी प्रदर्शनमा आएको हो ।
नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । केही दिनअघिबाटै थालेको अग्रिम टिकट बिक्री आक्रामक देखिएको थियो । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज नहुँदा देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन् । यस फिल्मले एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने आकलन गरिएको छ ।
जेम्स क्यामरुन निर्देशित फिल्ममा साम वर्थिङ्टन, जोय साल्दानालगायतको प्रमुख भूमिका छ भने फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको छ । फिल्मले पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिस र त्यहाँका आदिवासीबीच हुने लडाइँको काल्पनिक कथा प्रस्तुत गर्छ ।
