
पूर्णपुष्टि, बैशाख १३
जनता समाजवादी पार्टीको तर्फबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा (जसपा) का युवा नेता अन्जील हाङ किराँती राईले उम्मेदवारी दर्ता गराएका छन् । राईले जसपाको तर्फबाट पालिकाको प्रमुख पदमा सोमवार आफ्नो उम्मेदवारी दर्ता गराएको हो । राई पार्टीका क्रियाशिल युवा नेताको रुपमा परिचित छन् भने हाल समाजबादी बिद्यार्थी युनियन को १ न प्रदेस अध्यक्षको जिम्मेवारीमा छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका दुर्छिममा जन्मिएका राईले २०६३ साल देखि नेवि संघबाट आफ्नो राजनितिक यात्रा सुरुवा गरेका थिए । घर खोटाङ भएपनि अध्यानको शिलशिलामा राईले उदयपुरका मोतिगडा क्याम्पस बाट नेबि सङ्को नेतृत्व सम्हाल्दै राजनितिक यात्रा सुरु गरे ।

पछि २०६९ सालमा असोक राईको नेतृत्वमा एमाले नेतृत्वको संघीय समाजबादीमा प्रवेश गरे सँगै राईले बिद्यार्थी संगठन अग्रगामी बिद्यार्थी युनियनको २ कार्यकाल अध्यक्ष समेत सम्महाले । पछिल्लो समय राजनितिक यात्रामा थप क्रियाशिल हुँदै जाँदा राई केन्द्रिय सदस्य हुँदै हाल समाजबादी बिद्यार्थी युनियन को १ न प्रदेसको अध्यक्षमा जिम्मेवारी सम्हाली रहेका छन् ।
राईले किराती समुदायको किरात राई बिद्यार्थी संघ जिल्ला कार्यसमिति उदयपुरका नेतृत्व समेत सम्हाले । उनि हाल केन्द्रिय महासचिवमा रहेरर काम गरिरहेको छन् । आसन्न निर्वाचनमा हलेसी तुवाचुङ्म नगर समितिमा जसपाबाट नगर प्रमुख पदमा उम्मेद्बारी दिँदै गर्दा उनले युवा पुस्ताहरुका लागि महत्वपूर्ण चुनौतीलाई चिर्ने आशा व्यक्त गरे । राईले आफ्नो उम्मेदवारी बिषेशगरी पार्टी बिषेश नभई जनता समाज र युवाहरुको लागि रहेको जनाए ।
तुवाचुङमा नेपाली कांग्रेसबाट प्रमुखमा निवर्तमान उप्रमुख विमला राईले उम्मेदवारी दर्ता गराएको छन् भने नेकपा एमालेबाट खडेन्द्र राईले प्रमुखमा उम्मेदवारी दिएका छन् । उता माओवादी केन्द्र बाट रुसाका राईले प्रमुखमा उम्मेदावरी दिए सँगै समाजवादी बाट भने अन्जिल हाँङ किरातीले उम्मेदवारी दिएका हुन् ।
