
पूर्णपुष्टि, बैशाख १३
बैषाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागी हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख तिन दलले मनोनयन दर्ता गराएको छ । निर्वाचनको लागी तिन ठुला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको हो ।
पहिलो निर्वाचनमा पनि त्यस ठाउँमा कांग्रेसले नै जितेका थिए भने य पटक पनि कांग्रेस बलियो रहेको भन्दै आफ्नै बर्चस्वमा गठबन्धन बहिस्कार गरिएका थिए । कांग्रेसबाट प्रमुखमा पुर्व उप–प्रमुख समेत रहेको विमला तिलुङ राई र उप–प्रमुखमा रमेस राउतले उम्मेदवारी दर्ता गराएको छ ।

एमालेबाट प्रमुखमा खडेन्द्र साम्पाङ र उप– प्रमुखमा तुलसा बुढाथोकि रहेको छ । यस्तै माओवादी केन्द्रबाट प्रमुखमा अमेम्वर राईले र जसपाबाट प्रमुखमा अन्जिल राईले उम्मेदवारी दर्ता गराएको छ ।
प्रमुख र उप–प्रमुखमा कुनै गठवन्धन नगरेको हलेसी नगरपालिकाको वडाहरुमा भने तालमेलको सम्भावना रहेको छ । यसका लागि थप छलफल र प्रयास बाँकी रहेको जनाईएको छ । खोटाङमा निकै चासोको साथ हेरिएको हलेसी नगरपालिकाको स्थानिय तहको निर्वाचन निकै रोमाञ्चक हुने देखिएको छ ।
