पूर्णपुष्टि, बैशाख २४
बुटवल / कोरोना संक्रमित एक जनप्रतनिधिको हस्पिटलमा बेड अभावका कारण एम्वुलेन्समै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको हो ।
४४ बर्षिय थापा नेकपा एमालेका वडा अध्यक्ष समेत हुन् । उनलाई ७ दिन पहिले कोरोना संक्रमण भएको थियो । उनि हस्पिटलमा बेड अभावकै कारण घरमै आईसोलेसनमा बसेका थिए ।
घरमै आईसोलेसनमा रहेको उनिलाई एकाएक समस्या बल्झिएपछि हस्पिटल नै भर्ना गर्नु पर्ने समस्या आयो तर बेड नपाएपछि एम्वुलेन्समै उनको मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले बताउनुभयो । यस भन्दा पहिले पनि वडा सचिले यसरीनै ज्यान गुमाएको थियो ।
