Monday, July 6News That Matters

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रिमान घाईते

पूर्णपुष्टि, पुष १८ गते ।

झापाको शिवसताक्षि नगरपालिका–११ दुधे स्थित जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

हिजो दिउँसो साढे २ बजे वनबाट ४ वटा जंगली हात्ती आई बल्कबाट बनेको एक तले घर भत्काउँदा घर भित्र भएका ७१ बर्षीय श्रीमान शान्तिराम भण्डारी र ६१ बर्षीय श्रीमती कृष्ण माया भण्डारी घाईते भएका थिए ।

घाईते भएका दुबै जनालाई उपचारको लागि दमक अस्पताल लागिएको अवस्थामा श्रीमती भण्डारीको मृत्यु भएको र श्रीमानको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । हात्तीलाई प्रहरी र स्थानियाहरुको सहयोगमा धपाईएको छ ।