Sunday, June 14News That Matters

हात्तीको आक्रमणबाट १ जना बृद्धको मृत्यु

पूर्णपुष्टि, भदौ १५
झापाको बाह्रदशी गाउँपालिका(१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।