Thursday, August 6News That Matters

हिमाली यातायात र निर्माण व्यवसायी संघद्वारा सहयोग

पूर्णपुष्टि, चैत १९ ।

हिमाली यातायात व्यवसायी केन््द्र गाइघाटले गरीव तथा विपन्नलाई लकडाउनमा खाद्य संकट टार्न सहयोग स्वरुप आर्थिक सहयोग गरेको छ । केन्द्रले सो उद्देश्यका लागि त्रियुगा नगरपालिकाको विपद् राहत कोषमा ५० हजार रुपैया सहयोग गरेको हो । नगरपालिकाले यसरी प्राप्त रकमहरुबाट खाद्य सामग्री खरिद गरी वडाहरुका विपन्न वर्गको पहिचान गरी राहत वितरण गरिरहेको छ ।

निर्माण व्यवसायी संघले पनि सो नगरपालिकालाई २५ हजार रुपैया राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ । साथै संघले जिल्लाका अन्य सबै पालिकाहरुलाई पनि सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकालाई २५ र गाउँपालिकालाई २० हजारका दरले सहयोग प्रदान गर्ने जनाइएको छ ।