Wednesday, June 17News That Matters

हुरेण्डेकद्धारा उदयपुरको ४ ठाउँमा खानेपानी योजना संञ्चालन

पूर्णपुष्टि, ८ जेष्ठ ।
वल्र्ड भिजनको आर्थिक सहयोगमा हुरेण्डेक उदयपुरले उदयपुरको ४ ठाउँमा खानेपानी योजना संञ्चालन गरिरहेको छ । जिल्लाको त्रियुगा नगरपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी र रौतामाई गरी तिन गाउँपालिका र एक नगरपालिकामा योजना संञ्चालनको निर्माण तिव्र भैरहेको हुरेण्डेक उदयपुरको कार्यक्रम संयोजक बिकल सुवेदीले जनाए । संयोजक सुवेदीका ३५ लाख बराबरको लगानीमा खानेपानी योजनाको काम भैरहेको जनाए । यो योजना हरेक तिन बर्ष सम्म चल्ने जनाईएको छ । उदयपुरको बिकट क्षेत्रमा खानेपानी समस्याको आवश्यकतालाई मध्यनजर गरी योजना संञ्चालनमा रहेको सुवेदीले बताए । उनले योजनाको कामहरु कुनै अन्तिम कुनै आधा र कुनै भने सुरु अवस्थामा रहेको जनाए । रौतामाई गाउँपालिका २ स्थित डुम्रे कुसुमबोटे भुटिया खानेपानी योजनाको काम तिव्र रुपमा अगाडी बढिरहेको छ । यहाँ करिब १० लाख ६० हजार बराबरको लागतमा खानेपानी निर्माण कार्य भैरहेको छ । जसका लागि आरभिटी, इन्टेक र पाईप व्यवस्थापनको कार्य भैरहेको छ । सिता कन्ट्रक्सनबाट भैरहेको काम करिब ३ महिनामा सक्नु पर्ने स्टीमेट रहेको छ । हुरेण्डेक उदयपुरका टेक्नीकल कन्सल्टेन बिजस दनुवारका अनुसार यस कम्पनीले २०८०/०१/०६ गते काम सुरु गरी २०८०÷०३÷ ६ गते काम सक्नु पर्ने जनाए । दनुवारका अनुसार यस योजनाले १ विद्यालय र १७ घरधुरीलाई प्रत्यक्ष खानेपानीको पहुँचमा पुराउने जनाए ।

यस्तैगरी उदयपुरगढी १ तावाश्री थाक्लेमा पनि झण्डै ९ लाख बराबरको थाक्ले खानेपानि मर्मत आयोजना संञ्चालमा रहेको छ । यस योजनामा पनि इन्टेक, आरभीटी र पाईप व्यवस्थापनलाई प्राथामिकता दिईएको छ । यस योजनाको कुल लागत ८ लाख ९५ हजार ५७३ रहेको छ भने करिब ७५ घरधुरी र एक विद्यालयलाई फाईदा पुराउने योजनाको लक्ष्य छ । यो योजना पनि करिब ३ महिनाकै हाराहारीमा सम्पन्न गर्नु पर्ने दनुवारले जनाए । यहाँ २०७९/१२/२७ देखी काम सुरु भै २०८०/०३/०७ गते काम सम्पन्न गर्नु पर्ने दनुवारको भनाई छ । यस योजनालाई भने मुर्कुची निर्माण सेवाले निर्माण गरिरहेको छ ।

त्यस्तै त्रियुगा नगरपालिकामा भने १५ नं वडा स्थित ज्यामिटार खानेपानी निर्माण योजना संञ्चालन अवस्थामा रहेको छ । यस योजनाले पनि ३२ घर परिवार र १ विद्यालयलाई खानेपानी प्रदान गर्नेछ । यसका लागि ५ लाख ९० हजार बराबरको लागानी गरिएको छ । सोलु निर्माण सेवा प्रालिले गरिरेको उक्त योजनाको काम २०७९/१२/२७ मा सुरु गरिएका थिए भने २०८०/२/१० मा काम सक्नु पर्ने अवस्था रहेको छ ।

यता ताप्ली २ लेख गाउँमा पनि सारङ्गगी खोप दोस्रोे मुहान शाका लाखानेपानी योजना संञ्चालनमा छ । यो योजनाका लागि करिब ९ लाख २७ हजार ३८६
कुल लगानी रहेको छ । यस योजनाले झण्डै ३७ घरधुरीलाई खानेपानीको पहुँचमा पुराउने लक्ष्य रहेको दनुवारको भनाई छ । यो योजनालाई भने समिति मार्फत काम सम्पन्न गर्नुपर्ने छ ।