
बैशाख १२
हेटौँडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिका भित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको हो ।
हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आजदेखि हेटौँडामा निजी तथा सार्वजनिक गाडीमा जोरबिजोर प्रणाली लागू गरिएको जनाएको छ ।
हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढिरहेको छ । त्यस्तै आजदेखि मकवानपुर भरको पर्यटकीय क्षेत्र पार्क र वनभोजस्थल समेत बन्द गर्ने निर्णय भएको छ ।
सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जनाईएको छ ।
