Tuesday, May 5News That Matters

हेलिकोप्टर दुर्घटना : दुर्घटनामा परेका पाँच जनाको शव भेटियो

पूर्णपुष्टि,असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पाँचजनाको शव भेटिएको भने थप एकजनाको खोजी भइरहेको छ । मंगलवार मनाङ एयरको नाइन एन(एएमभी कलसाइनको हेलिकोप्टर लामजुराडाँडामा बिहान ९स्५२ मा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक नीराजन बस्नेतले बताए । उनले घटनास्थलमा दुई घण्टा पैदल हिँडेर पुगेको र त्यहाँको मौसम अहिले हुस्सु लागेको अवस्था रहेको जनाए ।

दुर्घटनामा मृत्यु भएकाहरुलाई कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी रहेको पनि बस्नेतले जानकारी दिए । उनले यसका लागि काठमाडौंबाट एउटा हेलिकोप्टर घटनास्थलमा आइपुगेको पनि जानकारी दिए ।